वकिलको परिचय
प्रतिनिधी वकिल इताकुरा ताकेसी (ITAKURA TAKESHI)
“चाँडो परामर्श गर्नाले कम समय र कम शुल्कमा समस्याको समाधान हुन्छ।”
दैनिक जीवन बिताउन्दै जाँदा सानातिना समस्याको सामना त सबैले गर्नु पर्छ जस्तो लाग्छ।
“यस्तो सानो कुरा वकिलसँग सल्लाह गर्दा हुन्छ कि हुँदैन ? ” भनेर सोच्ने व्यक्तिहरु धेरै छन् भन्ने कुरा सुनेको छु। हो, त्यस्तो बेलामा वकिलसँग सल्लाह गर्दा राम्रो हुन्छ।
वकिल भनेको कुनै एक क्षेत्रको विशेषज्ञ नभई धैरै क्षेत्रको ज्ञान र क्षमता भएको व्यक्ति हुन्। वास्तुकलाको ’boutमा प्रथम श्रेणीको वास्तुकारलाई नै त्यस सम्बन्धी राम्रो ज्ञान हुन्छ।
तर वकिल भनेको विभिन्न क्षेत्रका विशेषज्ञहरुसँग सहकार्य गर्ने हुनाले समाजमा घटेका समस्याहरुको समाधानको गर्न मुख्य भुमिका खेल्ने गर्छन्। त्यसैले दैनिक जीवनयापनमा तपाईंलाई कुनै समस्या परेमा सर्वप्रथम सल्लाह गर्नुहोस्। यदि फोनबाट समस्या समाधान हुन्छ भने कम शुल्क लाग्छ। साथै वकिल लगाउनु नपर्ने मामिला भएमा, त्यस क्षेत्रको विशेषज्ञलाई परिचय गराईदिन पनि सम्भव छ।
मामिला सकिसकेपछि “वकिल साहबसँग भेट भएर एकदमै राम्रो भयो” भनेर भनि दिनु हुने कुरा नै मेरो लागि सबैभन्दा ठुलो पुरस्कार हो। त्यसैले सघैं मिहेनतका साथ काम गरिरहेका छौ।
यस कार्यलयमा मुख्यताया निर्माण, घरजग्गा सम्बन्धीको विवाद, साना र मझौला उद्यमहरूको कानुनी मामिला, सामाज विरुद्धका कार्य गर्ने शक्तिहरु सम्बन्धीको मामिला, उजुरीहरूका मामिला, उत्पीडनका मामिला, फौजदारी मामिला, सम्बन्धविच्छेद र पैतृक सम्पति हस्तान्तरण जस्ता पारिवारिक मामिला इत्यादि लगायतका विभिन्न मुद्दाहरु हेर्ने गर्दछौ।
जुनसुकै सानो कुरा भएतापनि सम्पर्क गर्नुहोस्।
शैक्षिक विवरण
2003 साल अजाबु उच्च माध्यामिक निजि विद्यालायबाट स्नातक
2011 साल टोक्यो मेट्रोपोलिटन युनिभर्सिटीको इन्जिनियरिङ संकायको आर्किटेक्चर विभागबाट स्नातक
आर्किटेक्च डिजाइनको कार्यालय इत्यादिमा काम गरें।
2013 साल वकालतको परिक्षा उत्तिर्ण
2014 साल टोक्यो बार एसोसिएसनमा दर्ता
गतिविधिहरू
2015 साल देखि 2019 सालसम्म टोक्यो बार एसोसिएसन कर सम्बन्धी विशेष समितिको सदस्य
2016 साल देखि अहिले सम्म टोक्यो बार एसोसिएसन नागरिक हिंसा हस्तक्षेप सम्बन्धी विशेष समितिको सदस्य
2016 साल टोक्यो बार एसोसिएसनको नियमित सदस्य, जापान वकिल महासंघको प्रतिनिधि सदस्य
2017 साल देखि अहिलेसम्म टोक्यो बार एसोसिएसन व्यवसाय अवरोध प्रतिरक्षा समितिको सदस्य
2017 साल टोक्यो बार एसोसिएसन आत्मियता महासभा कार्यकारी विभागको स्थायी सचिव
2018 साल देखि 2019 साल सम्म टोक्यो बार एसोसिएसनमा ग्राहकको व्यक्तिगत पहिचान इत्यादिका कुराहरुको पुष्टिसँग सम्बन्धित परिषदको सदस्य
2018 साल देखि अहिलेसम्म सूचना कर लेखापाल
2019 साल टोक्यो बार एसोसिएसन कानूनी पेशा संघको उप-महासचिव
2020 साल देखि अहिलेसम्म टोक्यो बार एसोसिएसनको कानून शिक्षा केन्द्रको सदस्य
2021 साल जापान बार एसोसिएसन महासंघको प्रतिनिधि
2021 साल टोक्यो बार एसोसिएसन आत्मीयता महासभा कार्यकारी विभाग स्थायी सचिव
सहभागिता भएका संस्थाहरु
साना र मझौला उद्यमी मितेरी संस्था
प्रकाशित पुस्तकहरु
वकिलहरूको लागिको कर कानून “कम्पनी कानून” (दाइइची होकी द्वारा सह-लेखक) नयाँ संशोधन ७ औं संस्करण
उत्पीडन मामिलाको वकील अभ्यास (दाइइची होकी द्वारा सह-लेखक)
आपराधिक मुद्दा २१ को विधि (दाइइची होकी द्वारा सह-लेखक)
उत्तराधिकारी मुद्दा २१ को विधि (दाइइची होकी द्वारा सह-लेखक)
संरक्षण / कार्यान्वयन मुद्दा २१ को विधि(दाइइची होकी द्वारा सह-लेखक)